लोक सेवाले खोल्यो ठुलो संख्यामा शाखा अधिकृतको विज्ञापन

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) को लागि विज्ञापन खोलेको छ । आयोगले आज (बुधबार) एक सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन खोलेको हो ।

आयागले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता लगायत पदका लागि २७३ जनाकाे विज्ञापन खोलिएको छ ।

इच्छुक योग्य व्यक्तिले पुस १७ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुरमा पुस २४ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×