सेभियामाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ - इंग्लिस क्लब म्यानचेस्टर सिटीले सेभियालाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलमा सुखद सुरुवात गरेको छ। समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा सिटीले सेभियालाई ४-० गोल अन्तरले पराजित गरेको हो।

सिटीलाई जित दिलाउन २० औँ र  ६७ औं  मिनेटमा एर्लिङ हालान्डले २ गोल गरेका थिए। ५८ औं मिनेटमा फिल फोडेन र खेलको इन्जुरी समयमा रुबेन डियासले एक एक गोल थपेका थिए।

जितसँगै सिटीले पहिलो खेलमै ३ अंक जोडेको छ। समूह जीको सिटी शीर्ष स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×