विवादबारे यसो भन्छिन् श्वेता तिवारी

भारत। केहि समयअघि श्वेता तिवारीले धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेको थियो। हाल श्वेताले विज्ञप्ति जारी गर्दै यसबारेमा बोलेकी छिन्।

उनले विज्ञप्तिमा लेखेकी छन्, ‘मेरा सह-कलाकारको अघिल्लो भनाइलाई लिएर मेरो भनाइलाई गलत बुझियो र विकृत गरियो। यसप्रति मेरो ध्यानाकर्षण भएको छ। कलाकारको पात्रको नाममा मान्छेसँगै जोडिन्छ, त्यसैले मिडिया अन्तरक्रियामा त्यो उदाहरण दिएकी थिएँ, तर गलत बुझियो। यसका लागि म माफी चाहन्छु। म आफैं भगवानमा धेरै विश्वास गर्छु, त्यसैले जानी–जानी यस्तो कुरा गरेर धार्मिक भावनामा ठेस पुर्याउने मेरो मनसाय थिएन, तर नजानेरै जनताको भावनामा चोट पुगेँ। मेरो शब्द वा कार्यले कसैलाई चोट पुर्याउने उद्देश्य थिएन। 'उनले सौरभराज जैनका लागि ‘भगवान’ शब्द प्रयोग गरेको जनाएकी छिन्। जसले अघिल्लो कार्यक्रममा भगवानको भूमिका निर्वाह गरेका थिए।

चलचित्रको प्रचारका क्रममा उनले 'भगवानले मेरो ब्राको नाप लिन्छन्' भनेपछी उनी विवादमा मुछिएकी थिइन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×