दक्षिण अफ्रिकाविरुद्धकाे एकदिवसीय सिरिजकाे उपाधि भारतलाई

काठमाडौँ - दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली भारतले जितेको छ। उसले गएराति तेस्रो तथा निर्णायक खेलमा ७ विकेटको सहज जित निकाल्दै ३ खेलको सिरिज २-१ ले जितेको हो।

पहिलो खेलमा दक्षिण अफ्रिकाले ९ रन तथा दोस्रो खेलमा भारतले ७ विकेटको जित दर्ता गरेपछि सिरिजको निर्णय अन्तिम खेलबाट भएको थियो।

१०० रनको सामान्य लक्ष्य भारतले १९.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि शुवमन गिलले ५७ बलमा ८ चौकासहित सर्वाधिक ४९ रनको योगदान दिएका थिए।

श्रेयस आय्यरले अविजित २८, इशान किशनले १० तथा कप्तान शिखर धवनले ८ रन जोडेका थिए। दक्षिण अफ्रिकाका लागि बजोर्न फोर्ट्युन र लुंगी एनगिडीले समान १ विकेट लिँदा १ विकेट रन आउटका रुपमा प्राप्त भएको थियो।

त्यसअघि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले सबै विकेट गुमाउँदै ९९ रन बनाएको थियो।उसका लागि हेन्रिच क्लासेनले सर्वाधिक ३४, जानेमन मलानले १५ र मार्को यान्सनले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा भारतका कुलदीप यादवले ४ तथा शहबाज अहमद, मोहम्मद सिराज र वासिङ्गटन सुन्दरले २-२ विकेट हात पारेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×