काठमाडौँ- बिभागिए टिम एपीएफ क्लबले जारी आरबीबी एनभिए महिला तथा पुरुष क्लब भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ। पहिलो खेलमा अर्को बिभागिए टिम नेपाल पुलिसँग पराजित भएको एपीएफले आफ्नो दोस्रो खेलमा त्रिभुवन आर्मीलाई तीन एकको सेटमा हराएको हो।
त्रिपुरेश्वर स्थित कर्भडहलमा भएको खेलमा एपीएफले आर्मीलाई २७–२५, १३–२५, २५–२१ र २५–२३ को सेटमा हरायो। पहिलो सेट २७–२५ ले जितेको एपीएफले दोस्रो सेट १३–२५ ले गुमाएको थियो। तर बाँकी दुई सेट २५–२१ र २५–२३ ले जित्न सफल भयो।
आर्मीको जारी प्रतियोगितामा यो पहिलो हार हो। यसअघि उसले पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई तीन शुन्यको सोझो सेटमा हराएको थियो।