काठमाडौँ - युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाडौंमा हुने महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्ने भएका छन्।काठमाडौंको दशरथ रंगशालामा मंगलवार हुने उद्घाटन समारोहमा मन्त्री अथकले सहभागीता जनाउने भएका हुन्।
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले उद्घाटन सत्रमा मन्त्री अथकलाई दिएको निम्तो स्वीकार गरेका हुन्। मंगलबार साँझ ५ः३० बजे सुरु हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा सहभागी हुन सबै टोली नेपाल आइपुगेका छन्।