जलेश्वर– आसन्न निर्वाचनका लागि महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दर्ता गराएकी एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन्।
बर्दिवास नपा–७ बाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी कलिमाया निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले जनाएको छ। बर्दिवास नपाको १४ वटै वडामध्ये उनी निर्विरोध निर्वाचित हुने पहिलो उम्मेदवार बनेकी छन्।