‘होली पर्वले लोक संस्कृतिको प्रर्वद्धन गर्छ’

काठमाडौँ - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह तथा लोक संस्कृतिको प्रर्वद्धन गर्ने बताएका छन्।

फागु पूर्णिमा ९होली पर्व० २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविध संस्कृतिको इन्द्रेणीका रूपमा रहेको नेपाली समाजमा यो पर्वले लोक संस्कृतिको  प्रर्वद्धनमा थप टेवा पुर्याउने बताएका हुन्। खुसीको पर्वका रूपमा होलीलाई हर्षोल्लासपूर्वक मनाउँदै आपसी सद्भाव, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिमा योगदान पुर्याउने उनको विश्वास छ।

मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमा भनेका छन्, “होली पर्वले समाजमा विद्यमान विभिन्न विकृति, विसङ्गति, कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य, सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र सम्वर्द्धनमा सबैलाई उत्प्रेरित गरिरहोस् भन्ने कामना गर्दछु।”

यो पर्व हिमाली, पहाडी तथा भित्री मधेशका जिल्लामा आज र तराईका जिल्लामा भोलि शुक्रबार मनाइँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×