काठमाडौं । सुनसरीको राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले फर्जी हाजिरी जनाई भ्रष्टाचार गरेको आरोपमा विद्यालयका तत्कालीन प्रधानाध्यापक धनीलाल यादव, भोली यादव, वीरेन्द्रप्रसाद यादव र शिक्षक बालेश्वर यादवविरुद्ध मंगलबार विशेष अदालत काठमाडाैंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै आरोपीहरूले विद्यालयमा गयल भएको अवधिको फर्जी हाजिर गरी / गराई भ्रष्टाचार गरेको ठहर हुन आएकाले मुद्दा दायर गरेको जनाएका छन् ।