आजको माैसम : तराईका धेरै भू-भागमा हुस्सु र कुहिरो, हिमाली भू-भागका थोरै स्थानमा हिमपातको सम्भावना

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि देशका केही भू-भागमा हिमपातको सम्भावना रहेको छ। आज दिउँसो उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका जनाएको हो।

प्रदेश–१, प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। आज राति पनि देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज बिहान तराईका धेरै भू-भागमा हुस्सु र कुहिरो लागिरहेको छ। महाशाखाका अनुसार हाल पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×