साफ च्याम्पियनसीपको तयारीमा रहेको फुटबल टिम मैत्रीपूर्ण खेलमा पराजित

काठमाडौँ - साफ यू-२० च्याम्पियनसीपको तयारीमा रहेको नेपाली राष्ट्रिय यू-२० पुरुष फुटबल टिमले त्रिभुवन आर्मी क्लबसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ।

सहिद स्मारक ए डिभिजन लिग क्लब आर्मीले यू-२० टिमलाई ३-० ले पराजित गरेको हो।

नेपाली यू-२० टिमले भारतको भुवनेश्वरस्थित कालिङगा स्टेडियममा जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसीपमा सहभागिता जनाउँदैछ।

यसका लागि मुख्य प्रशिक्षक मेघराज केसीले २३ सदस्यीय टोलीको समेत घोषणा गरिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×