‘डिग्री माइला’मा दयाहाङको ‘क्यारेक्टर लुक्स’ चित्रण

पोस्टरमा चस्मा लगाएको दयाहाङको पात्र गम्भीर देखिन्छ । नेपालको शिक्षा प्रणाली र त्यसको उत्पादनशिलताको कथावस्तुमा बनेको फिल्ममा दयाहाङले शीर्ष पात्रको भूमिकामा अभिनय गरेका छन् ।

पोस्टरमा ‘किन चाउरियो मरिच आफ्नै रागले’ बटमलाइन उल्लेख छ । रामबाबु गुरुङ निर्देशित फिल्मले शैक्षिक बेरोजगारको कथा पेश गर्छ । यही नाममा यसअघि दयाहाङ राईको नाटक समेत प्रदर्शन भैसकेको छ ।

फिल्म निर्माणमा बाँसुरी फिल्मस र सुष्मा प्रोडक्सनले सहकार्य गरेका छन् । ओखलढुंगा र काठमाडौंमा छायांकन भएको फिल्ममा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय यसमा छ

‘कबड्डी’ फेम्ड निर्देशक तथा निर्माता गुरुङको यो फिल्म पनि दर्शकमाझ प्रतीक्षित छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×