एमाले महाधिवेशनमा नजानु प्रचण्डकाे ‘राजनीतिक सद्भावकाे अभाव’ !

काठमाडाैं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको १०औं महाधिवेशन उद्घाटन सत्रमा अनुपस्थित भएका छन् ।
महाधिवेशन ठूलो पर्व भएकाले अन्य दलका शीर्ष नेता शुभकामना दिन जाने गर्छन् । प्रचण्ड भने एमालेको निम्ता पाएर पनि नगएका हुन् ।

एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निम्तो नै गरेको थिएन । नेपालले एमाले विभाजन गरी केही महिनाअघि नयाँ पार्टी गठन गरेका हुन् । उनलाई नबोलाउने घोषणा एमालेले थियो तर दाहालले आतिथ्य किन अस्वीकार गरे ? 

प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध सुमधुर बन्न सकेको छैन । यी २ दल मिलेर नेकपा गठन भएको थियो । त्यसबेला प्रचण्ड र नेपाल एकातिर अनि ओली अर्कातिर रहे ।
नेकपामा चर्को विवादका कारण एकता भंग भयो । एमाले र माओवादी ब्युँतिए । अन्ततः नेपालले पनि पार्टी विभाजन गरे ।

त्यही ‘प्रतिशोधस्वरूप’ एमालेले दाहालको गृहजिल्ला चितवनलाई महाधिवेशनस्थल चयन गरेको माओवादी नेताहरूको ठम्याइँ छ । प्रचण्डको प्रभाव रहेको भनिएको जिल्लामा ओलीले महाधिवेशन गरेर शक्ति प्रदर्शन गरेका छन् ।

उद्घाटन सत्रमा दाहालको अनुपस्थितिलाई धेरैले ‘राजनीतिक सद्भाव अभाव’का रूपमा टिप्पणी गरेकाे समाचार अन्नपूर्ण पाेष्टमा छापिएकाे छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×