सुरक्षाका कारण आन्तरिक उडानमा टिकटको पूरा विवरण देखाउनुपर्ने

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान यात्रा गर्न आउने यात्रुले अब पूरा विवरणसहितको टिकट देखाउनुपर्ने भएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी विमानस्थल प्रवेश गर्नुपूर्व अनिवार्यरूपमा पूरा विवरणसहितको टिकटको ‘प्रिन्टेड कपी’ वा डिजिटल कपी देखाउन भनिएको छ।  

विमानस्थल सञ्चालन विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था यही फागुन ७ गतेदेखि लागू हुने जनाएको छ। कतिपय यात्रुले टिकटको पिएनआर कोडमात्रै देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकाले उक्त व्यवस्था अनिवार्य गरिएको हो। सूचनामा काठमाडौँबाट अन्यत्र यात्रा गर्दा टिकटमा उल्लेख भएको रिपोर्टिङअनुसार समयमा अनिवार्यरुरूपमा विमानस्थल प्रवेश गर्न पनि अनुरोध गरिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×