अर्थमन्त्री बरालद्वारा माछापुच्छ्रेमा पुल शिलान्यास

काठमाडौँ । गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयबाट कास्कीका दुई गाउँपालिका माछापुच्छ्रे–२ र ३ जोड्ने गरी सेती नदीमाथि पुल निर्माण गर्न लागिएको हो। 

मोटरेबल सो पुलको आज प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले शिलान्यास गरेका हुन्। पुल शिलान्यास गर्दै अर्थमन्त्री बरालले गाउँपालिकाका सार्दिखोला, घाचोक, लाहाचोक र साविक माछापुच्छ्रे गाविसका नागरिकका लागि अत्यावश्यक सो पुल प्रदेश सरकारले प्राथमिकतामा राखेर योजना कार्यान्वयन सुरु गरेको बताए। प्रदेश सरकारको पहिलो वर्ष पुलको डिपीआरका लागि रु. ७५ लाख बजेट विनियोजन भएको जानकारी दिँदै उनले पछिल्लो समय स्रोत अभावमा योजना कार्यान्वयनमा ढिलाइ भए पनि अब स्रोतको अभाव नरहने उल्लेख गरेका छन्

उनले भने, “योजनाको कूल लागतको २० प्रतिशत स्रोत नहुँदासम्म बहुवर्षीय योजनाअघि नबढाउने सरकारको नीतिले पनि योजना कार्यान्वयनमा ढिलाइ भयो, रातो किताबमा योजना पर्यो, तर कार्यान्वयनमा नजाँदा जनतामा निराशा आउनु स्वभाविक हो, धेरै मिहिनेतपछि यसवर्ष पुलको स्रोतको सुनिश्चित भएको छ।”

प्रदेश सरकारले रु. १० करोड ४३ लाख ५७ हजार ६०४ लागतमा सो पुल निर्माण गर्न लागेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×