‘हामी तीन भाई’को गीत रेकर्ड गरियो

काठमाडौँ। लगभग १७ वर्ष अघि प्रदर्शनमा आएको चलचित्र  ‘हामी तीन भाई’ले दर्शकहरुबाट राम्रो माया पाएको थियो।  राजेश हमाल, स्व. श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, रेखा थापा, नन्दिता केसीको अभिनय रहेको उक्त चलचित्रका गीतहरुले पनि निकै चर्चा कमाएका थिए। अब ‘हामी तीन भाई’को नाममा पुन: चलचित्र बन्ने भएको छ। जसको घोषणा अघिल्लो वर्ष कोरोना महामारीको बेलामा गरिएको थियो।

यसैक्रममा मंगलवार चलचित्रको गीत रेकर्ड गरियो। गीतमा साप शक्तिको संगीत तथा अस्मिता अधिकारी र संगीतकार शक्तिको आवाज रहेको छ। मधुसुदन भट्टराईको निर्देशन,हिमाल केसीको द्वन्द्व, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, सुलभ मणि सापकोटा गीत रचना, मनिष गौतम र रिवाज दाहालको लेखन रहने चलचित्र प्रसिद्धि सिने आर्टसको ब्यानरमा बन्नेछ। 

सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी, टेकेन्द्र न्यौपाने आदि कलाकारहरुको अभिनय रहेको चलचित्रका प्रस्तुतकर्ता साजित महत, कार्यकारी निर्माता विक्रम तामाङ, मुख्य सहायकम निर्देशक विनय पौडेल र रामजी राउत रहेका छन्। चलचित्रको बाँकी कलाकारहरुको छनौट कार्य भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×