रोनाल्डोको गोलबाट जोगियो युनाइटेड

काठमाडौं - क्रिष्टियानो रोनाल्डोले पछिल्लो पाँच खेलमा तेस्रो गोल गरेको दिन म्यानचेस्टर युनाइटेडले बिहीबार राति चेल्सीसँग १–१ को बराबरी खेलेको छ। बराबरीपछि युनाइटेड प्रिमियर लिगको शीर्ष चारमा पर्ने सम्भावना जिवित राखेको छ। पाहुना टोली चेल्सीले ६०औं मिनेटमा मार्कोस एलोन्सोको गोलबाट अग्रता लिएको थियो। त्यसको दुई मिनेट बित्न नपाउँदै रोनाल्डोले बराबरी गोल फर्काएका थिए। जारी सिजन रोनाल्डोको यो १७औं गोल हो। धेरै गोल गर्नेमा सन ह्युङ–मिनसँगै रोनाल्डो दोस्रो स्थानमा छन्। शीर्ष स्थानमा रहेका मोहम्मद सालाहले २२ गोल गरेका छन्। 

‘‘गोलमात्र होइन, रोनाल्डोले ३७ वर्षको उमेरमा गरेको प्रदर्शन उच्च स्तरको छ। यो समान्य होइन।

लिगमा अब तीन खेल खेल्न बाँकी हुँदा युनाइटेड ५५ अंकका साथ छैटौं स्थानमा छ। जुन चौथो स्थानको आर्सनलभन्दा पाँच अंकले पछाडि हो। तर, आर्सनलले अझै दुई खेल कम खेलेको छ। ५८ अंक जोडेको टोटनहम पाँचौं स्थानमा छ। टोटनहमले पनि युनाइटेडभन्दा दुई खेल कम खेलेको छ। 

चेल्सी भने ६६ अंकका साथ तेस्रो स्थानमा छ। जुन चौथो स्थानको आर्सनलभन्दा ६ अंकले माथि हो। आर्सनल र चेल्सीले समान ३३ खेल खेलेका छन्। 

चेल्सीका प्रशिक्षक थोमस टुचेलले आफ्नो टिम जितको लागि लायक रहेको बताए। उनी भन्छन्, ‘‘एक टिम जितका लागि लायक थियो। त्यो भनेको हामी हौं। हामीले धेरै धेरै राम्रो प्रदर्शन गर्यौं। तर निर्णायक गोल गर्न असफल रह्यौं। हामीले एक अंक जोड्यौं। तर, यो न्यायोचित नतिजा होइन।’’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×