दोस्रो हप्तामा पनि हाउसफुल ‘महापुरुष’

काठमाडौँ - कात्तिकको ११ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘महापुरुष’ यतिबेला दोस्रो हप्तामा प्रदर्शनरत छ। चलचित्रले दोस्रो हप्तामा पनि दर्शकहरुबाट उत्साहजनक साथ पाइरहेको छ।

दोस्रो हप्ताको शुकवार र हिजो शनिवार चलचित्रका धेरै शोहरु हाउसफुल रहे। शनिवार कतिपय दर्शकहरु टिकट नपाएर फर्किन समेत बाध्य भएका थिए। लेखक एवं निर्देशक प्रदीप भट्टराईले चलचित्रले दोस्रो हप्तामा पनि दर्शकहरूबाट उत्साहजनक साथ पाएको बताउँदै खुशी व्यक्त गरेका छन्।

दोस्रो हप्ता दर्शकहरुबाट अझ बढी साथ पाएको उनको दाबी छ। उनी भन्छन्, ‘पहिलो हप्ता भन्दा दोस्रो हप्ता यहाँहरुबाट अझ धेरै माया पाइयो। जुन बिरलै हुने गर्दछ् चलचित्र बजारमा।’

चलचित्रले दोस्रो हप्तामा पनि दर्शकहरुबाट उत्साहजनक रुपमा साथ पाउनुको पछाडि बलियो ‘वर्ड अफ माउथ’ हो।

यो चलचित्रले चलचित्रकर्मी, समीक्षक एवं दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको छ। यस चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराईली, राजाराम पौडेल लगायतको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×