काठमाडौँ - लोक पौडेल र अन्जु पन्तको स्वर रहेको ‘आमा…’ बोलको गीत सार्वजनिक भएको छ। आमाको मुख हेर्ने दिन नजिकिँदै गर्दा मिरा मोसन पिक्चर्सको युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो।
गीतमा लोक पौडेलको शब्द एवं संगीत रहेको छ। गीतको भिडियोलाई दयाराम घिमिरेले निर्देशन गरेका छन् भने कथा पनि निर्देशक घिमिरेकै रहेको छ। भिडियोमा सरिता राजोपाध्याय, दिपेश गजुरेल, बालमुकुन्द आचार्य, बलराम बस्नेतलगायतका कलाकारको अभिनय देख्न सकिन्छ। दशरथ गिरिले सम्पादन गरेको भिडियोको छायांकन खेम थापा मगरको रहेको छ।