नेपालमा मनाइने विभित्र चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने मुख्यमन्त्री राई विश्वास

काठमाडाैं । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इसाई धर्मावलम्बीको मुख्य चाड क्रिसमसको सुखद् अवसरमा देश विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री राईलेले यस अवसरमा सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका हुन्। उनले  बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभित्र चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

येशु ख्रीष्टको जन्मदिनको अवसरमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ । हाम्रा जुनसुकै पर्व राष्ट्रिय एकताको माध्यम बत्र सकोस् र यी पर्वले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भत्रे अपेक्षा पनि सन्देशमा उल्लेख गरिएको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×