चलचित्र 'सम्झना–बिर्सना' ३१ असारमा रिलिज हुने

काठमाडौँ - जेठको पहिलो सातामा रिलिज हुने भनेर स्थगित भएको चलिचत्र ‘सम्झना–बिर्सना’ को नयाँ प्रदर्शन मिति तय भएको छ। निर्माता अद्वितीय प्रधानले सम्झना–बिर्सना अब असार ३१ मा रिलिज गरिने जानकारी दिएका छन्।

स्थानीय चुनावको परिणामले चलचित्रको व्यापार बिग्रने भन्दै जेठ ६ मा यो चलचित्र प्रदर्शनी स्थगित गरिएको थियो। अब यो चलचित्र ३१ असारमा देशभरका सिनेमा हलमा रिलिज गरिने भएको छ।

पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्रको निर्देशन निमेष प्रधानले गरेका हुन्। रेबिका प्रधान निर्माता रहेको चलचित्रमा पूजा शर्मा र आकाश श्रेष्ठका साथमा सुनील थापा, छुल्ठिम गुरुङ र शिसिर राणाको मुख्य अभिनय रहेको छ।

शिब ढकालले खिचेको चलचित्रका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत रहेको छ। भने,कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ। आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.बिशारद बस्नेत हुन्। चलचित्रको यसअघि ‘परेलीमा लुकाउछु’ बोलको गीत दर्शकमाझ आइसकेको छ।

चलचित्र आरआर फिल्मस्ले बितरण गर्दैछ। निर्देशक निमेषकै कथा,पटकथा रहेको चलचित्रको सम्वाद लेखनमा उनलाई अभिनेता राणाले सघाएका छन्।

आफूहरुले निकै मिहीनेतका साथ अभिनय गरेकाले बिगतमा झै यो चलचित्रबाट पनि दर्शकको अपार साथ र माया पाउने पूजा–आकाशको विश्वास रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×