मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमण; हत्याकासाथ आगजनी

काठमाडौँ । नाइजेरियाको एक अस्थिर राज्यको मुख्य क्रिश्चियन गाउँमा बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ।

बन्दुकधारीहरूले हत्या गर्नुका साथसाथै २४ ओटा घरहरूमा आगजनीसमेत गरेको स्थानीय अधिकारीहरूले जनाएका छन्। नाइजेरियाको पठार राज्यमा मुस्लिम र क्रिश्चियन किसानहरू बीच वर्षौंदेखि संघर्ष चलिरहेको छ। यद्यपि अधिकारीहरूले प्रायः आपराधिक गिरोहहरूलाई हालैका आक्रमणहरूको लागि दोष लगाइँदै आएको छ। आक्रमणकारीहरूले मङ्गलबार राति पठारको बासा स्थानीय सरकारी क्षेत्रको आन्चा समुदायमा आक्रमण गरेका अधिकारीहरूले दाबी गरेका छन्।

“आक्रमणकारीहरू रातको समयमा बन्दुक लिएर गोली हान्दै आएका र केही समयपछि मात्र सुरक्षाकर्मीहरू पुगेका आन्चा निवासी डिक्सन अटाले टेलिफोनमार्फत एएफपी समाचार समितिलाई जानकारी दिएका छन्। “गोलीको आवाज सुनेपछि हामी मध्ये केही झाडीमा भाग्न सफल भयौं र यसरी हामी भाग्यौँ।“ स्थानीय इरिग्वे समुदायका नेता डेभिडसन मलिसन बताए। ‘दुई घण्टाभन्दा बढी समयसम्म चलेको आक्रमणमा १८ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्,’   मलिसनले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन्। २

४ ओटा भन्दा बढी घरमा आगजनी हुनुका साथै सवारी साधन, मोटरसाइकल र बाली नष्ट भएको उनले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×