बिहेअघि नीताको ब्याचलर पार्टी

काठमाडौँ - अभिनेत्री नीता ढुंगानाले ‘ब्याचलर पार्टी’ दिएकी छिन्। उनले आफ्ना केही नजिकका साथीलाई सोमबार होटल याक एण्ड यतीमा ‘ब्याचलर पार्टी’ दिएकी हुन्। ‘ब्याचलर पार्टी’को जानकारी उनले सामाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै गराएकी छिन्।

नीताले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आगामी शुक्रबार अर्थात २४ असारमा विवाह गर्न लागेकी हुन्। उनले विवाह समारोहको निम्तो समेत सबैलाई बाँडिसकेकी छिन्। 

दरबारमार्गस्थित होटल याक एण्ड यतिमै बिहान १० बजेदेखि आयोजना हुने वैवाहिक कार्यक्रममा आफन्त र परिवारलाई मात्र बोलाइएको छ। नीताले हरिहरसँगको करिव ४ वर्षको प्रेम विवाहमा परिणत गर्न लागेकी हुन्। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×