करण केसी प्लेयर अफ दि सिरिज

काठमाडौं - आईसीसी  क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृङ्खलामा नेपालका करण केसी प्लेयर अफ द सिरिज घोषित भएका छन्। टेक्ससमा बिहीबार सम्पन्न सिरिजमा उत्कृष्ट बलिङ गरेका करण प्लेयर अफ द सिरिज बनेमा हुन् 

अमेरिकाविरुद्ध अन्तिम खेलमा ३ विकेट लिएका करणले शृङ्खलामा कुल १३ विकेट लिएका थिए। उनले ओमानविरुद्ध दुवै खेलमा ५-५ विकेट लिएका थिए भने अमेरिकाविरुद्ध पहिलो खेलमा विकेट लिन सकेका थिएनन्।

ब्याटिङमा भने यस पटक तीन खेलमा उनले जम्मा ९ रन मात्र बनाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×