युगान्डालाई आतिथ्यता दिँदै महिला टिम

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा युगान्डाको सामना गर्न लागेको हो । शृंखलामा ५ खेल समावेश गरिएको छ । यसअघि नेपालले पहिलो पटक कतारविरुद्ध उसकै भूमिमा ट्वान्टी–२० शृंखला खेलेको थियो ।

युगान्डाविरुद्ध नेपालले पहिलो खेल जेठ २ मा खेल्नेछ। त्यसपछि जेठ ३, ५, ६ र ७ मा खेल्नेछ। क्यानले यही शृंखलाका लागि भनेर रुबिना क्षेत्रीको नेतृत्वमा टिम घोषणा गरेको छ।

टिममा सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, सरिता रानागमर, कविता कुँवर र अप्सरी बेगम छन्। अन्य सदस्यमा सरस्वती चौधरी, ममता चौधरी, अस्मिना कर्माचार्य, सुमन खतिवडा, संगीता राई, कविना जोशी, रोमा थापा, ज्योति पाण्डे, सवनम राई, विन्दु रावल, ईश्वरी विष्ट, डली भट्ट, हिरणमयी रोय र ऋतु कनोजिया छन्।

नेपाल क्रिकेट संघले उक्त अन्तर्राष्ट्रिय शृंखलाका लागि कमर्सियल एन्ड ब्रान्डिङ राइट्सका लागि लेभिन स्पोर्ट्ससँग सम्झौता गरेको छ। सम्झौताअनुसार नेपाल र युगान्डाको महिला टोलीबीचको शृंखलाको कमर्सियल, टिकेटिङ, ब्रोडकास्टिङ राइट्स लेभिन स्पोर्ट्ससँग रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×