काठमाडौँ। यूक्रेनमाथि रुसले हमला गरेपछी हलिउडको प्रतिष्ठित कम्पनी डिज्नी स्टूडियोले एक निर्णय लिएको छ। डिज्नीले रुसमा हुने आफ्नो सबै चलचित्रको प्रदर्शन स्थगित गरेको छ। डिज्नी यस्तो निर्णय गर्ने पहिलो हलिउड स्टूडियो रहेको छ। त्यसैगरि, रोबर्ट प्याटिसनको चलचित्र ‘द ब्याटम्यान’ का निर्माताले समेत रुसमा चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका छन्।
डिज्नी स्टूडियोले भनेको छ, ‘रसियाले यूक्रेनमा बिना मतलबको युद्ध सुरु गरेको छ र यो एकदमै दुखद् कुरा हो। यो मानवीय संकटलाई देख्दै ‘टर्निङ रेड’ सहित हाम्रो अरु सम्पूर्ण फिल्मलाई रुसमा रिलिज नगर्ने निर्णय गरेका छौं। ‘टर्निङ रेड’ मार्च १० मा रिलिज हुँदैछ तर अब रुसमा रिलिज हुने छैन।’
त्यसैगरि, ‘ब्याटम्यान’ यही ४ मार्चबाट धेरै ठाउँमा प्रदर्शनमा आउदैछ। तर, यो चलचित्र पनि रुसमा प्रदर्शन नहुने बताइएको छ।