एजेन्सी। दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु-ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। गम्भीर प्रकारको दीर्घ रोगबाट पीडित चुनको स्थानीय समय अनुसार बिहान ८ः४० बजे आफ्नै घरमा निधन भएको हो।
पूर्व सेनापति चुनले सन् १९७९ मा सैनिक विद्रोह गरेर सत्ता कब्जा गरी सन् १९८८ सम्म देशमा शासन गरेका थिए।