नेपालले क्यानडासँग टी-२० र एकदिवसीय सिरिज खेल्ने

काठमाडौँ - नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले क्यानडाको भ्रमण गर्ने भएको छ। बिहीबार नेपाली टोलीले क्यानडाको भ्रमण गर्ने नेपाल क्रिकेट संघ (क्यान) लेजनाएको छ।

क्यानडाको भ्रमण दौरान नेपालले घरेलु टोलीसँग दुई खेलको टी-२० र दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपालले क्यानडासँग सुरुवातमा टी-२० सिरिज खेल्नेछ। 

पहिलो टी-२० असार १४ गते र दोस्रो टी-२० असार १५ गते हुनेछ। यस्तै नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय असार २० र दोस्रो एकदिवसीय असार २१ गते हुनेछ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको स्कटल्याण्डमा आयोजना हुने त्रिदेशीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गर्न लागेको हो।

आगामी जुलाईमा नेपालले स्कटल्याण्डमा आयोजक र नामिबियाविरुद्ध लिग-२ अन्तर्गतकै सिरिज खेल्नेछ।

स्कटल्याण्डको सिरिजमा नेपालले पहिलो खेल जुलाई ११ मा नामिबियाविरुद्ध खेल्नेछ। यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ। नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×