भारत। बलिउड अभिनेता जोन अब्राहमले सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकहरुलाई आफुलाई कोरोना भएको बताएका छन्। जोनले केहि समयअघि मात्र इंस्टाग्राममार्फत आफुलाई कोरोना भएको बताएका हुन्। हाल उनले आफुलाई घरमा क्वारेन्टिनमा राखेका छन्। जोनका साथ-साथै उनकी पत्नी प्रिया रुन्चाल पनि कोरोनाबाट ग्रसित छिन्। उनी पनि जोनसँग घरमा क्वारेन्टिनमा बसेकी छिन्।
जोनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् "मैले ३ दिन अघि एक व्यक्तिसँग भेटेको थिएँ, जसलाई कोरोना भएको थियो। जब मलाई यो कुरा थाह भयो मैले र प्रियाले तुरुन्तै आफ्नो कोरोना जाँच गरायौं। यतिबेला हामि घरमा क्वारेन्टिनमा छौँ। कोरोना पुष्टि भएपश्चात हामि कसैको सम्पर्कमा आएका छैनौं। हामीलेभ्याक्सिन लिइसकेका छौँ। हामि दुवै अलिअलि अफ्ठ्यारो महसुस गरिरहेका छौँ तर चिन्ता लिनु पर्ने कुरा छैन। तपाईहरू सबै आफ्नो ख्याल राख्नु होला, र सुरक्षित रहनुहोला।"