यमनमा खाद्य सङ्कट गहिरिँदै

काठमाडौँ । संयुक्त राष्ट्रसंघ खाद्य राहत एजेन्सीले बुधबार १३ मिलियन यमनीहरूलाई प्रदान गरिरहेको खाद्य सहायतालाई निरन्तरता दिन कोष सकिन लागेको जनाएको छ।

मध्य पूर्व र उत्तरका लागि विश्व खाद्य कार्यक्रम का क्षेत्रीय निर्देशक कोरिन फ्लिसरले सो कुरा बताएको हो। यमनका परिवारहरू जो बाँच्नको लागि विश्व खाद्य कार्यक्रमको खाद्य सहायतामा निर्भर छन्। यमनमा खाद्य सङ्कट गहिरिँदै गर्दा तिनीहरूका लागि सबैभन्दा खराब समय आउँदै गरेको टिप्पणी भइरहेको छ। जनवरीदेखि यमनमा ठूलो सङ्ख्यमा जनताहरू खाद्य सङ्कटमा फसेका छन् र विश्व खाद्य कार्यक्रमको सहयोगको तीव्र र निरन्तर पर्खाइमा छन्। यसका पछाडि मुद्राको अवमूल्यन र उच्च मुद्रास्फीति मुख्य कारण रहेको बताइएको छ। विगत तीन महिनादेखि यहाँका प्रायः सबै परिवारमा यसको प्रत्यक्ष असर देखिएको छ।

"यमनी जनता अहिले पहिले भन्दा धेरै कमजोर छन्, निरन्तर द्वन्द्व र गहिरो आर्थिक संकटले लाखौंलाई विपन्नतामा धकेलिरहेको छ," फ्लिसरले टिप्पणी गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×