काठमाडौँ - यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डलाई हंगेरीले पराजित गरेको छ। मंगलबार राति भएको खेलमा लिग ए ग्रुप ३ मा इंग्ल्यान्डले हंगेरीसँग ४-० को हार व्यहोरेको हो।
हंगेरीको जितमा रोलान्ड सलाईले २ तथा नागी र डानिल गाज्दागले १/१ गोल गरेका थिए। खेलको ८२औं मिनेटमा इंग्ल्यान्डको जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए।
यो जितसँगै हंगेरी ४ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा पुगेको छ। पराजित इंग्ल्यान्ड २ अंक जोडेर पुछारमा छ। समूहमा ६ अंक जोडेको जर्मनी दोस्रो स्थमनमा रहेको छ। ५ अंक जोडेको इटाली तेस्रो स्थानमा रहेको छ।