विषादी सेवन गर्दा पाल्पामा एक पुरुषको मृत्यु

पाल्पा - पाल्पाको रिब्दीकोटमा विषादी सेवनबाट एक पुरुषको ज्यान गएको छ। रिब्दीकोट गाउँपालिका वडा नं. ५ देविडांडा निवासी ५५ वर्षका सन्ते भनिने मेखबहादुर खड्काले उपियाँ मार्न प्रयोग गरिने विषादी सेवन गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार सोमबार बेलुका ६ बजे विषादी सेवन गरेका खड्कालाई प्रहरीले उद्दार गरी पाल्पा अस्पतालमा लगेको तर राति ८ बजे उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको हो। 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×