काठमाडौँ। पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गीले 'आमा' कार्यक्रमको चौथो सिजन सञ्चालन गर्ने भएकी छिन्। आमाको कथा र संघर्स प्रस्तुत गरिने 'आमा सिजन ४' न्युज २४ टेलिभिजनमा साप्ताहिक रूपमा प्रसारण गरिनेछ। यस अघि पहिलो सिजन सविना कुँवर , दोश्रो सिजन नायिका गौरी मल्ल र तेश्रो सिजन नायिका सरिता लामिछानेले प्रस्तुत गरेका थिए। ति सिजनको सफलतापछी निर्माण पक्षले चौथो सिजन ल्याउने तयारी गरेको हो।