एजेन्सी - किभले पछिल्लो २४ घण्टामा शत्रुले आफ्नो आक्रामक कारवाहीको गतिलाई सुस्त बनाएको दाबी गरेको छ। रुसी सेनामाथि सशक्त प्रतिकार गरेको बताइरहेका बेला युक्रेनको पछिल्लो भनाई आएको हो। रुसी सेनाले मिसाइल र बम हमलाको सहारा लिएको पनि युक्रेनले जनाएको छ।
‘पछिल्लो २४ घण्टामा शत्रुले आफ्नो आक्रामक कारवाहीको गतिलाई सुस्त बनाएको छ। मुख्यतया नागरिक पूर्वाधारमा मिसाइल र बम हमलाको सहारा लिएको छ। युक्रेनको सशस्त्र फौजले एक विज्ञप्तिमा भनेको छ। रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ।
रुसले किभ, सुमी, खारकिभ, मारिओपोललगायतका शहरहरुलाई निरन्तर घेरा हालेको पनि युक्रेनी सेनाले जनाएको छ।