मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी

काठमाडौँ - क्याटलान कलब बार्सिलोनाले प्रि-सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण एमएलएस क्लब न्युयोर्क रेड बुल्सलाई पराजित गरेको छ।

आइतबार बिहान सम्पन्न खेलमा बार्सिलोनाले  रेड बुल्सलाई २-० गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेले र मेम्फिस डिपेले गोल गरेका हुन्।

खेलको ४०औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। ८२औं मिनेटमा डानिलले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा समेटियो।

त्यसपछि ८७औं मिनेटमा डिपेले गोल गर्दै बार्सिलोनालाई २-० को सहज जित दिलाएका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×