भारत। वरुण शर्माले निर्देशन गरेको बलिउड चलचित्र 'बन्टी और बब्ली २' गत शुक्रवारबाट प्रदर्शनमा आएको हो। तर, चलचित्रले अपेक्षित व्यापार भने गर्न सकीरहेको छैन। सन् २००५ मा आएको चलचित्र ‘बंटी और बबली’ को यो सिक्वेलले दर्शकहरू तान्न सकेन। चलचित्रले शुक्रबार २ करोड ६० लाख र शनिबार २ करोड ५० लाख, आइतबार ३ करोड २० लाखको व्यापार गरेको छ। त्यसपछीको चलचित्रको व्यापार भने खुलाईएको छैन। चलचित्रको पहिलो सिक्वलमा रानी मुखर्जी,अभिषेक बच्चन र अमिताभ बच्चन थिए भने दोस्रोमा रानी,सेफ अली खान, पंकज त्रिपाठी आदि कलाकारहरुको अभिनय रहेको छ। चलचित्र यश राज फिल्म्सले निर्माण गरेको हो।