सिमलडाँडा र रनगुवामा खेलमैदान निर्माण

निस्दी गाउँपालिका–६ अर्चलेको सिमलडाँडा र रनगुवा टोलमा खेलमैदान निर्माण गरिएको छ। 

निस्दी गाउँपालिकाको रु. तीन लाख ६० हजार अनुदान सहयोग र स्थानीय जनसहभागिताको रु. ४० हजार गरी रु चार लाखको लागतमा सिमलडाँडामा खेलमैदान निर्माण भएको हो। सोही बजेटमा रनगुवाटोलमा पनि खेलमैदान निर्माण गरिएको छ। अहिले खेलमैदान व्यवस्थित भएपछि पालिकास्तरीय खेल आयोजना गर्ने र यहाँका खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदका कार्यक्रममा जोड दिइने वडाअध्यक्ष मेखबहादुर सुनारीले बताएका छन्। व्यवस्थित खेलमैदान नहुँदा खेल खेल्न अप्ठ्यारो परेका बेला अब भने खेल खेलाउन र विभिन्न कार्यक्रम गर्न सजिलो पर्ने खेलकुद समन्वय समितिका अध्यक्ष कृष्णबहादुर सुनारीले बताए।

नवनिर्मित रनगुवा खेलमैदानमा आगामी माघ १४ गतेदेखि टोलस्तरीय भलिबल प्रतियोगिताको आयोजनासमेत गरिने जनाइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×