एसिया कप सुपरचार: पहिलो खेलमा श्रीलंकाको उत्कृष्ट जीत

काठमाडौँ - एसिया कप २०२२ को सुपर-चार प्रतिस्पर्धा शनिवार प्रारम्भ भएको छ। सुपर-चारको पहिलो खेलमा श्रीलंकाको टीमले उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानलाई ४ विकेटले हराएको छ।

टस हारेर पहिला ब्याटिङ गर्दे अफगानिस्तानले ६ विकेट गुमाएर १ सय ७५ रनको विशाल स्कोर खडा गरेको थियो।

यद्यपि, श्रीलंकाका ब्याट्म्यानहरुले एकजुट हुँदै उत्कृष्ट प्रदर्शन गरेर नतिजा आफ्नो पक्षमा पार्न सफल भए। यो जीतसंगै श्रीलंकाले समुह चरणमा अफगानिस्तानसंग भोगेको हारको बदला लिएको छ।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाको कुशल मेन्डिस तथा पथुम निसंकाले ६.३ ओभरमा ६२ रनको विष्फोटक साझेदारी गर्दै श्रीलंकाको टीमलाई उत्कृष्ट सुरुवात दिलाए। मेन्डिसले १९ बलमा ३६ रन बनाएका थिए जसमा ३ छक्का तथा २ चौका समावेश थिए। निसंकाले २८ बलमा ३५ रन बनाए, जसमा ३ चौका तथा १ छक्का समावेश थिए।

त्यसपछि अफगानिस्तानले लगातार अन्तरालमा विकेट लिएर स्कोरलाई ४ विकेटमा ११९ रन बनाएर खेलमा फर्किने प्रयास गरेको थियो। तर, राजपक्षे तथा दनुष्का गुणातिलकले ३२ रनको साझेदारी गर्दै टीमको स्कोर १५० रनसम्म पुर्याए। दुनुष्काले २० बलमा ३३ रन बनाए भने राजपक्षेले पनि १४ बलमा ३१ रन बनाएका थिए। त्यो बेलासम्ममा खेल श्रीलंकाको पक्षमा आइसकेको थियो।

अफगानिस्तानका मुजीब तथा नवीन उल हकले २/२ विकेट लिएका थिए।

टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले हजरतुल्लाह जजई (१३) लाई सस्तैमा गुमाए पनि रहमानुल्लाह गुरबाज तथा इब्राहिम जदरानले ६४ बलमा ९३ रनको साझेदारी गर्दै टीमलाई ठूलो स्कोरतर्फ बढाए। गुरबाजले ४५ बलमा ८४ रन बनाए, जसमा ६ छक्का तथा ४ चौका समावेश थिए। जदरानले ४० रनको योगदान दिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×