निर्वाचनलाई सहयोग पुर्याउन आग्रह

काठमाडौँ - कर्णाली प्रदेशका वन तथा वातावरण उद्योग ऊर्जामन्त्री छिरिङ्ग दम्डुल लामा कार्चेनले आगामी स्थानीय तहको निर्वाचनलाई सहयोग पुर्याउन आग्रह गरेका छन्। 

सिमकोटस्थित जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयका प्रमुखलाई आज निर्देशन दिँदै उनले कार्यालयमा आउने सेवाग्राहीलाई ‘भोली नभन्न’ निर्देशन समेत दिए।  सो अवसरमा प्रमुख जिल्ला अधिकारी सीता परियारले जिल्लाका वस्तुस्थितिका बारेमा  जानकारी गराए। यसैबीच, नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा हुम्लाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सिमकोट गाउँपालिका कार्यावाहक अध्यक्ष बली रावतले आँखा उपचार सेवामा सङ्घको गतिविधिको सह्ना गरेका छन्।

सङ्घ जिल्ला शाखाका सभापति नरबहादुर रोकायाको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×