पर्यटकीयस्थल देउराली डाँडामा बौद्ध स्तुपा निर्माण शुरू

काठमाडौँ - पर्यटन प्रवर्द्धन गर्न भार्सेको देउराली डाँडामा बौद्धस्तुपा निर्माण गर्न थालिएको छ। 

गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडामा लुम्बिनी प्रदेशकै दोस्रो ठूलो स्तुपा निर्माणकार्य थालिएको हो। समुद्री सतहबाट दुई हजार १८० मिटर उचाइमा पर्ने सो डाडाँमा यही फागुन १३ गतेदेखि निर्माण थालिएको हो। उक्त दिन लुम्बिनीबाट चार र श्रीलङ्काबाट एक बौद्ध धर्मालम्बी आई स्तुपाको निर्माण थालेका थिए। असार मसान्तसम्म सक्ने लक्ष्य लिइएको काममा बौद्धस्तुपा, भ्यू पोइन्ट, मनोरञ्जनस्थल, पिकनिक स्पोर्ट, फोटा खिच्ने ठाउँलगायतका संरचना निर्माण गरिने निर्माण समितिका अध्यक्ष नरबहादुर बुढाथोकीले जानकारी दिए। 

स्तुपा निर्माणका लागि करिब रु. डेढ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ। भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौँ एवं जुहाङ र हर्राचौरका नागरिकले स्तुपा निर्माणका लागि आर्थिक सहयोग गरेका छन्। स्तुपा निर्माणका लागि स्थानीय एवं युकेका लेफ्टेन हाल हङकङ बस्ने कुलबहादुर बुढाथोकीको नेतृत्वमा अहिलेसम्म रु. ५५ लाख रकम जुटेको छ।

स्तुपाको आगामी असार मसान्तसम्म कार्यसम्पन्न हुनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×