मिर्गौलापीडित रानाको सहयोगमा जुट्दै वाइसीएल

काठमाडौँ - तनहुँको व्यासनगरपालिका–१४ निवासी १९ वर्षीय खुश्बु रानाको उपचारका लागि वाइसीएल नेपाल व्यासनगर कमिटी तनहुँले आर्थिक स्रोत जुटाउन थालेको छ। 

खुश्वु राना बचाउ अभियान नै थालेर वाइसीएलले विभिन्न सङ्घसंस्था र व्यक्तिबाट गरी हालसम्म रु. एक लाख ७० हजार सङ्कलन भएको जनाएको छ। केही समयदेखि रानाको दुवै मिर्गौलामा खराबी आएपछि उनको जीवनरक्षाका लागि अर्थ सङ्कलन थालिएको वाइसीएल व्यास नगर कमिटीका अध्यक्ष निर्दोष भट्टराईले जानकारी दिए। अर्थावस्था नाजुक रानाको उपचारका लागि नेपाली सेना, नेपाल प्रहरी, सिङ्गापुरे पुलिस, भारतीय सेनामा कार्यरत तथा विभिन्न सङ्घसंस्था र व्यक्तिको सहयोगमा उक्त रकम सङ्कलन भएको उनले बताए।

सङ्कलित रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिने भएकाले सहयोग जुटाउने काम भइरहेको उनले जानकारी दिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×