काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठवन्धन चारै वर्ष टिक्ने बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकमा उनले गठबन्धनलाई चार वर्ष अनिवार्य टिकाउनुपर्ने निष्कर्षमा भएमाले पुगेकाे बताए
‘जटिल परिस्थिति भएकाले पार्टीमा सल्लाह गर्न सकिएन । तर हामीले पाएको सफलता ठूलो हो’ अध्यक्ष ओलीको भने । एक पदाधिकारी अनुसार, नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन तोड्न राम्रै मेहनत गर्नु परेको ओलीले बताएका थिए ।
नेकपा माओवादी केन्द्रलाई कांग्रेससँगै राख्न अनेक शक्ति केन्द्र लागेको ब्रिफिङ ओलीको थियो । ‘हामीसँग माओवादीको गठबन्धन नहोस् भनेर विभिन्न शक्ति केन्द्र लागेका थियो, अहिले सक्रिय छन्’, ओलीले भने ।
माओवादी केन्द्रसहित दलहरुसँग साझेदारी गर्दै सत्ताको यात्रा अगाडि बढाउने निर्णय गर्नेगरी आजको बैठक बसेको थियो । ‘हामी सरकारमा सहभागी भइसकेका छौं । तर त्यसबारे निर्णय गर्न बाँकी थियो’ ती पदाधिकारी भन्छन्, ‘अध्यक्षले सरकारमा सहभागी हुनु अगाडि माओवादीसँग कुराकानी गर्ने कुरा समेत गोप्य राख्नुपर्ने कारण परिस्थिति छ ।’