नेपाली सेनाको स्वास्थ्य शिविरमा विरामीको चाप

नवलपरासी - विशेषज्ञ चिकित्सक सहित उपचार सेवा प्रदान गर्न थालेपछि नेपाली सेनाको स्वाथ्य शिविरमा विरामीको भीड बढ्ने गरेको छ। विशेषज्ञ टोली सहित नसर्ने ८ प्रकारको रोग सम्बन्धी विरामीहरुको स्वास्थ्य परीक्षण गरि नि:शुल्क रुपमा औषधी वितरण गर्न थालिएपछि विरामीहरुको चाप बढेको थियो।

नेपाली सेना गोरखदल गण रामग्राम ब्यारेक नवलपरासीले जिल्लाको सुस्ता गाउँपालिका नर्सहीमा आयोजना गरेको एकदिने निशुल्क स्वास्थ्य शिविरमा विभन्नि ८ प्रकार रोग सम्बन्धी ६८० जना विरामीले उपचार सेवा लिए। जिल्लाको विकट पालिकाको रुपमा रहेको सुस्ता गाउँपालिकाका गरिब अतिविपन्न जनताले नसर्ने रोग सम्बन्धि दैलोमै उपचार सेवा पाउन र यहाँका जनताले बढिभन्दा बढि लाभ लिउन भनि यो शिविर आयोजना गरिएको श्री गोरखदल गणका गणपति प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जनकारी दिए।

स्वास्थ्य शिविरमा प्रभावकारी उपचार सेवा प्रदान गर्न फिल्ड अस्पताल बुटवलका निमित्त कमाण्डीङ्ग अफिसर सहसेनानी डाक्टर ताहिर अलि अंसारी र देवदह मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरुले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए।

शिविरमा विशेषज्ञ डाक्टरहरुले नसर्ने रोग जस्तै हार्डजोर्नी, बालरोग, स्त्रिी रोग, छाला रोग, आँखा, नाककान, दान्त सम्बन्धी रोगहरुको परिक्षण गरि निशुल्क औषधी वितरण गरेको गणपति प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए। स्वास्थ्य शिविरमा गोरखदलका स्वास्थ्यकर्मी तथा विभिन्न ओहदाका सेना, नर्सही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सघाएका थिए। 

नेपाली सेना गोरखदलको आयोजना, सुस्ता गाउँपालिकाको सहकार्य, देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा संचालित निशुल्क स्वास्थ्य शिविरमा जिल्ला स्वास्थ्य कार्यालय, पृथ्वीचन्द्र अस्पताल, नेपाल औषधी व्यवसायी संघ नवलपरासीले औषधी सहयोग गरेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×