विद्यालयद्वारा खाजाघर सञ्चालन; विद्यार्थीहरू योमरी बनाउन व्यस्त

काठमाडौँ - पनौती नगरपालिका वडा नं ७  पुरानो बजारस्थित पनौती आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत अस्मिता खनाल योमरी बनाउन र वितरण व्यस्त छन्।  

विद्यालयले मकर मेला लक्षित ‘खाजा घर’ सञ्चालन गरेपछि उनी सहित सो विद्यालयमा अध्ययनरत छात्रछात्रा करिब दुई सातादेखि काममा  व्यस्त भएका हुन्। पनौती –४ ज्यापाटीका रञ्जिता थोकर पिठो मुछेर योमरी बनाउँदैमा दिनभर व्यस्त हुन्छिन्। शैक्षिक भ्रमण जानका लागि खर्च जोहो गर्न ती काम थालेको उनीहरूको भनाइ छ। विद्यालयद्वारा सञ्चालित सो खाजा घरमा ११ विद्यार्थीले स्वयंसेवकका रूपमा काम गर्दै आएका छन्। उनीहरूको काम योमरी बनाउने, पकाउने, ग्राहकलाई  दिने रहेको छ। दैनिक रु. चार हजारदेखि छ-सात हजारसम्मको योमरी बिक्री हुने गरेको विद्यालयले जनाएको छ। उनीहरूले आलोपालोमा काम गर्दै आएका छन्।  विद्यालयमा कक्षा सात र आठमा अध्ययनरत ५८ विद्यार्थी भ्रमणको तयारी गर्दैछन्। 

कोरोना सङ्क्रमण जोखिमका कारण अहिले विद्यालय बन्द छ। शैक्षिक गतिविधि बन्द रहेको  समयमा विद्यालय भवनमा ‘खाजा घर’ सञ्चालन गरेपछि विद्यार्थीको सीप र स्वयंसेवी काममा सहयोग समेत पुगेको जनाइएको छ। सो विद्यालय  पनौती क्षेत्रकै सबैभन्दा पुरानो विद्यालयभित्र पर्ने पनौती – ७ का लक्ष्मीनारायण ख्वाउजुले बताए। खाजाघर सञ्चालन गर्न विद्यार्थी मात्रै नभई शिक्षक शिक्षिका पनि उत्तिकै खटिरहेका छन्। प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारको नेतृत्वमा सो काम भइरहेको हो। मकर मेला सञ्चालन अवधिभर सञ्चालन हुने खाजाघरबाट  करिब रु. ६० देखि ७० हजारसम्म आम्दानी हुने अनुमान गरेको उनले बताए।

विद्यालयमा २४० विद्यार्थी अध्ययनरत छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×