काठमाडौँ - हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित ‘एक चिहान’ उपन्यासमा आधारित नाटक यस वर्ष पनि प्रदर्शन हुने भएको छ।
आउँदो मंसिर ११ गतेदेखि २५ गतेसम्म चल्ने चल्ने उक्त नाटक विशेषगरी प्लस टुका विद्यार्थीकाे लागि आकर्षण बन्ने गरेको छ। विगत केही वर्षयता वर्षेनी उक्त नाटक प्रदर्शन हुँदै आएको छ।
नाटकको आयोजक राष्ट्रिय नाच घरले दर्शकहरुको माग र प्रतिक्रियाका आधारमा आवश्यक परे प्रदर्शन अवधि लम्ब्याउन सक्ने समेत जनाएको छ।
नाटकमा राष्ट्रिय कलाकार सहभागी हुने जनाइएको छ। कक्षा १२ को अनिवार्य नेपालीको पाठ्यक्रममा राखिएको छ। वर्षेनी हजारौं विद्यार्थीले यस नाटकलाई प्रत्यक्ष रूपमा हेर्दै आएका छन्। विद्यार्थीहरुले उक्त नाटकबाट पाठयज्ञान मात्र नभएर मनोरञ्जन समेत हासिल गर्ने गरेका छन्।
अघिल्लो सालको सोही नाटक हेरेका वृहस्पति विद्या सदनका विद्यार्थी ‘सुनेर, लेखेर, पढेरभन्दा हेरेर बढी सिक्न सकिन्छ भन्ने उक्ति यो नाटकको सन्दर्भमा सार्थक देखिएको’ प्रतिक्रिया दिएका थिए। यसपालि पनि सो यो विद्यालयका कक्षा १२ का विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा उक्त नाटक अवलोकनको व्यवस्था मिलाउने बताइएको छ।