वडाअध्यक्षविरूद्ध सात राजनीतिक पार्टीको सामुहिक विज्ञप्ती 

कपिलवस्तु । वडाअध्यक्षले सिफारिस नदिएको भन्दै कपिलवस्तुका सात राजनीतिक सात दलले समुहिक प्रेस विज्ञप्ती जारी गरेका छन् । वडाअध्यक्ष मञ्जु मिश्राले नागरिकलाई दु:ख दिएको भन्दै राजनीतिक दलहरु एकजुट भई प्रेस विज्ञप्ती जारी गरेका हुन्।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओबादी केन्द्र) नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल, बहुजन पार्टी, जनमत पार्टीले समुहिक विज्ञप्ती जारी गरेका छन् । निर्वाचित जनप्रतिनिधिद्वारा आमनागरिकहरुलाई सहज रुपमा सेवा सुविधा दिनु पर्नेमा अहिले जनप्रतिनिधिहरुबाट नै आमनागरिकहरु सेवा सुविधाबाट बञ्चित हुनु परेको विज्ञप्तिम उल्लेख छ ।

विज्ञप्तिमा, 'कपिलवस्तुको शिवराज नगरपालिका वडा न १० सितलापुर बस्ने वर्ष ४५ का रउफ धोबीले  मिति २०७८/९/२५ गते वडा कार्यालय लालपुरमा दिएको चार किल्ला सिफारिसको निवेदन उपर वडा अध्यक्ष मन्जु मिश्राले कुनै सुनुवाई नगर्नु प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।' लेखिएको छ ।

नेपाली काँग्रेस शिवराज नगरसचिव विष्णु पोखरेल, नेकपा एमाले १० वडा अध्यक्ष  कपिलदेव कुर्मी, नेकपा (माओवादी केन्द्र) शिवराज नगर सचिव भरत पोखरेल, नेकपा एकीकृत समाजवादी नगर सदस्य सम्झना चौधरी, जनता समाजवादी पार्टी, नेपाल १० नं वडाअध्यक्ष योतिनारायण कुर्मी, बहुजन पार्टीका वडा अध्यक्ष राम प्रसाद कोरी, जनमत पार्टीका जिल्ला कोषाध्यक्ष हनिफ गद्धीले समुहिक हस्ताक्षर गर्नु भएको छ ।  वडाअध्यक्षलाई पटक पटक अनुरोध गर्दा समेत निर्वाचित जनप्रतिनिधि आफ्नौ कर्तव्यबाट पन्छिन खोज्नु निन्दनीय कार्य भएको जानाइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×