काठमाडौँ- फ्रेन्च लिग वान अन्तर्गत आज बिहान सम्पन्न खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रेनेसमाथि १-० काे कठिन जित हात पारेकाे छ।
घरेलु मैदानमा थप गरिएकाे समयमा केलियन एमबाप्पेले गरेकाे एक मात्र गाेल पिएसजीलाई जित दिलाउन पर्याप्त बन्याे। उनले लियाेनल मेस्सीकाे पासलाई पाेस्टकाे दिशा दिएका थिए। याे जितसँगै पिएसजी २४ खेलमा ५९ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा पराजित रेनेस २७ अंकका साथ पाँचौं स्थानमा छ।