राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन्। प्रभाकरले बिहीबार राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ। क्यानका अनुसार मुख्य प्रशिक्षक प्रभाकरले आजैबाट लागू हुने गरी राजीनामा दिएका हुन्।

उनको राजीनामा स्वीकृतसमेत भइसकेको क्यानले जनाएको छ। यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक रहेका पुबुदु दशानायकेले राजीनामा दिएपछि प्रभाकर मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।

उनलाई क्यानले एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको भए पनि प्रभाकरले ४ महिनामै राजीनामा दिएका हुन्। उनी यसअघि नै भारत फर्किसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×