यस्तो छ फिल्म ‘गणपति’ को फष्टलुक

काठमाडौँ - नेपाली फिल्म ‘गणपति’ को फष्टलुक सार्वजनिक भएको छ। निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो। हामीले मान्दै आएका भगवान र मानिसबीचको फरक देखाउने बताइएको फिल्मको फष्टलुक नयाँ बर्ष २०७९ को अवसर पारेर बाहिर ल्याइएको हो। पोस्टरमा मानिस र गणेशलाई सांकेतिक रुपमा आधा–आधा राखिएको छ।

सविन अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको प्रमुख भुमिका रहेको छ भने उक्त फिल्ममा मुकुन र मेनुकाको अलवा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्म कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन्। अभिनेता भुषाल टाइटल क्यारेटरमा रहेको फिल्म ‘गणपति’ मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुषालले बताए।

लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको फिल्ममा हरिबहादुर घलेको छायांकन, अनिस अधिकारीको शब्द तथा संगीत छ। गोविन्द शाहीले वितरण गर्ने फिल्म ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ। यो फिल्म नेपालभन्दा पहिले यू.के. र अष्ट्रेलियामा रिलीज हुने निर्माण समुहले जानकारी दिएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×