काठमाडौँ। लामो समय कोरोना महामारीको चपेटामा परेको नाटकघरहरू विस्तारै सक्रिय भइरहेका छन्। राजधानी भित्र/बाहिर नाटकहरू मञ्चन् भइरहेका छन्। यसैबिच काठमाडौँको जमल स्थित सांस्कृतिक संस्थान नाचघरमा नाटक मञ्चन् हुने भएको छ। नाचघरमा हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ मञ्चन हुने भएको हो। पुस ३ गते देखी ९ गते सम्म मञ्चन् हुने नाटक हरेक दिन बिहान ८ बजे ११ बजे र दिउँसो २ बजे गरी दैनिक ३ वटा सो देखाईनेछ। वीरेन्द्र हमालको परिकल्पना तथा निर्देशन रहेको नाटक रमेश बिजीले रूपान्तर गरेका हुन्।